play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर पर्सामा आगलागी

0

वीरगञ्ज, भदौ,२७ ।
लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर पर्सामा आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् ।जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । प्रहरीका अनुसार, आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको छ ।

Share.

Leave A Reply