काठमाण्डौं, भदौ २६ । करीब १५ एक वर्षदेखि अन्योल रहेको मलेसियाको रोजगारी प्रक्रिया खुल्ला गर्ने सहमति भएको छ। नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा छलफलपछि तत्कालका लागि मलेसियाको रोजगारी खुल्ने भएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए। उनका अनुसार अब मलेसिया जाने नयाँ कामदारले शून्य लागत सामाजिक सुरक्षासहित सुविधान पाउनेछन्। यसअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका मानव संसाधन मन्त्री कुला शेधारनलाई भेट्दै मलेसिया रोजगारी खुलाउन अग्रसर हुन आग्रह गर्दै आएका थिए। सात महिना पहिले मलेसियासँग श्रम समझदारी भएपनि स्वास्थ्य संस्थाको विषयमा कुरा मिल्न सकेको थिएन। नेपालले नयाँ स्वास्थय संस्थालाई पन सूचिकरण गरेर स्वास्थ्य परीक्षणको बाटो खुल्ला गर्नु पर्ने बताएको थियो। तर नेपालस्थित मलेसियन दूतावासले पहिलेकै ३७ वटा स्वास्थ्य संस्थालाई मात्रै स्वास्थ्य परीक्षण गर्न अनुमति रहेको पत्र पठाएपछि थप अन्यौलता सिर्जना भएको थियो। नेपालले नयाँ संस्था सूचिकरणको प्रक्रिया अगाडि बढाइरहेका बेला आएको मलेसियाको पत्रले मलेसिया रोजगारीलाई थप पछाडि धकेल्ने संकेत गरेको थियो ।तर राजदूत पाण्डेसँगको भेटमा मलेसियाले चाडैं अन्यौलता हटाउने विषयमा निर्णय लिने बताएको थियो।
अब शून्य लागतमै नयाँ कामदार मलेसिया जान पाउने
0
Share.