काठमाडौं, भदौ २६ । काठमाडौ ंजिल्ला सरकारी वकिल कार्यालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापाविरुद्ध आपराधिक लाभ ‘एक्सटर्सन’ र संगठित अपराधको अभियोग लगाएको छ। काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार नरेशसहित ९ जनाविरुद्ध उक्त अभियोग लगाइएको हो। नेपाल निर्माण व्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतविरुद्ध पनि अभियोग लगाइएको छ। समिरमानले जेलबाटै फिरौती उठाएको विषयमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले गृहमन्त्री थापाका भाईलाई पनि पक्राउ गरेको थियो। अभियोग लगाइएका मध्ये एक जनामात्र फरार छन्। केन्द्रीय कारागारमा कार्यरत एक प्रहरी जवानलाई पनि पक्राउ गरि मुद्धा चलाइएको छ।
गृहमन्त्रीका भाईविरुद्ध आपराधिक लाभ र संगठित अपराधको अभियोग
0
Share.