play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसंग ६ विकेटले पराजित

0

भाद्र २२ ।
श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल, बलियो टोली बंगलादेशसंग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ६२ रनको चुनौती बंगलादेशले ४ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । कप्तान अकबर अलीले पाँचौ विकेटका लागि साईमन हुसैनसंग अबिजित १ सय ३० रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । अली ९८ रनमा नटआउट रहदा हुसैनले अबिजित ४२ रनको योगदान गरे । ताहिद हृदोएले ६० र मामुदुल हसन रोएले ४० रन बनाए । नेपालका कमलसिंह ऐरीले २ तथा रासिद खान र हरी बहादुर चौहानले एक एक विकेट हात पारे । यसअघि कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । पवन सर्राफले ८१ रन बनाएको नेपालको ईनिङसमा सन्दिप झोराले ५६ , रित गौतमले ३२ र कुशल मल्लले २८ रन बनाए । भीम सार्कीले २१ रन जोडे । कप्तान रोहित कुमार पौडेलले १४ र आसिफ शेख ३ रन बनाएर पभेलियन फर्किए । लगातार दोस्रो जित निकाल्दै बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रबेश गरेको छ ।

Share.

Leave A Reply