play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालद्धारा बंगलादेश सामु २६२ रनको लक्ष्य पेश

0

भदौ २२ ।
श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले जितका लागि टेष्ट राष्ट्र बंगलादेशलाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । पवनले ८१ रनको योगदान दिदा सन्दीपले ५६ रन बनाए । यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए । बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २÷२ विकेट लिए । आज नेपाल बंगलादेशलाई हराउने लक्ष्यसहित मैदान उत्रिएको छ ।

Share.

Leave A Reply