भदौ,२२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताएका छन् । चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने गरेको बताए । विश्वमा ज्ञानको प्रसार नहुंदै नेपालमा वेदका ऋचाहरुको रचना गरिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ज्ञान भूमीको रुपमा नेपाल जुन गतिमा अघि बढ्नु पर्दथ्यो, विगतका शासकहरुको अदुरदर्शीताले अपेक्षाकृत गति समाउन नसकेको प्रधानमन्त्री ओलीले बताएका छन् ।