भदौ,२२ ।
आज ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विषेश कार्यक्रम गरिँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने कार्यक्रममा विभिन्न ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु पुरस्कृत हुँदैछन । यस्तै राष्ट्रिय शिक्षा दिवसको अवसरमा आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १÷१ वटा गरी ३ वटा क्याम्पसहरुलाई उत्कृष्टताको आधारमा नगदसहित पुरस्कारबाट पुरस्कृत गर्ने गरिने मन्त्रालयले जनाएको छ ।
आज ४० औं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस
0
Share.