play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दक्षिण कोरियामा आएको समुद्री आँधी डोरियन उत्तर कोरियातर्फ

0

भदौ, २२ ।
दक्षिण कोरियामा हालै आएको समुद्री आँधी बिस्तारै उत्तर कोरियातर्फ सरेको छ । दक्षिण कोरियाबाट प्रवेश गरेको समुद्री आँधी लिङलिङले उत्तर कोरियाका केही शहरका घरहरुमा क्षति र्पुयाएपछि उच्च सतर्कता अपनाइएको छ भने देशमा आपतकाल घोषणा गरिएको छ । भारी वर्षासँगै आएको आँधीले उत्तर कोरियाका केही घरहरुमा समेत क्षति र्पुयाएको छ भने यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ । यसअघि दक्षिण कोरियामा आएको सोही समुद्री आँधीले राजधानी सोलमा दुई जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । आँधीले बालीनाली नष्ट गर्न सक्ने र हजारौं नागरिक खाद्यान्नको अभाव झेल्न बाध्य हुने आंकलन गरिएको छ । आँधी प्रभावित हुन सक्ने शहरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Share.

Leave A Reply