बाल्मिकी आश्रमको बिकाशमा चितवन निकुञ्ज मुख्य बाधक:-माडी नगर प्रमुख ढकाल

0

भदौ २१, प्राकृतिक तथा अध्यात्मिक सम्पत्तिको रुपमा रहेको चितवनको माडी नगरपालिका १ स्थित बाल्मिकी आश्रम संरक्षण र सडक सहजताको अभावमा ओझेलमा परेको छ ।

बाल्मिकी ऋषिले तपस्या गरेको, सीतालाई संरक्षण दिइ राखिएको तथा बाल्मिकी ऋषि अन्तध्र्यान भएको ठाउँ भएकाले हिन्दु धर्ममा ठूलो महत्व राख्ने भएपनि त्यस ठाउँ दुर्गम भएका कारण ओझेलमा परेको हो ।

पौराणिक कथन अनुसार सीता माताले पाताल प्रबेश गरेको स्थान, लबकुश जन्मस्थल एवं लबकुशले घोडा बाधेको, सीताले सिलौटा पिंधेको स्थान जस्ता महत्वपुर्ण स्थान सो क्षेत्रमा रहेका छन् ।माडीको नगरपालिका वडा नं. १ मा पर्ने सो भुमि चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानु पर्ने भएकोले पनि श्रद्दालु भक्तजनलाई दुःख हुने गरेको छ ।

तत्कालिन राजा महेन्द्रले बाह्र बिगाहा क्षेत्रफल मन्दिरलाई छुट्याएपनि अहिले चितवन राष्ट्रिय निकुञ्जले नै आफनो क्षेत्र भन्दै ओगटेको स्थानियको भनाइ छ ।


यसैबीच बाल्मिकी आश्रम पछाडी पर्नुको मुख्य कारण चितवन राष्ट्रिय निकुञ्ज भएको माडी नगरपालिका प्रमुख ठाकुर ढकाल ले ठोकुवा गर्नु भएको छ। सिनर्जी एफ एम को दैनिक प्रसारण हुने कार्यक्रम चासोमा कुरा गर्दै उहाले माडी नगरपालिकाले यसै आर्थिक बर्षमा केहि बजेट मार्फत बिकास गरिरहेको बताउदै चाडै नै सो आश्रममा खानेपानीको धारा र ट्वाइलेट निर्माण गर्न लागेको जानकारी दिनुभयो।

निकुञ्जको कारण बाल्मिकी आश्रम जाने बाटो बनाउन नसकेको बताउदै उहाले आश्रमको बिकासका लागि निकुञ्ज बाधक बनेको दाबि गर्नुभयो ।

Share.

Leave A Reply