play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

नागरिकता प्रकरण वडाध्यक्षसहित १० जना धरौटीमा छुटे

0

पोखरा, भदौ २१ । तिब्बती शरणार्थी दुई युवतीलाई नागरिकता दिलाएको प्रकरणमा मुछिएका पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापासहित १० जना धरौटीमा छुटेका छन्। नागरिकता लिने तिब्बती युवती, बाबु बनेर सनाखत गर्ने र सर्ज्मिन मुचुल्कामा दस्तखत गर्नेसहित १० जनालाई जिल्ला अदालत कास्कीले शुक्रबार धरौटीमा हिरासतमुक्त गर्न आदेश गरेको हो। बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगरलाई जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश डण्डपाणि शर्माको इजलासले आदेश गरेको छ। सर्ज्मिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर, पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। वडाध्यक्ष र वडा सदस्य यसअघि नै महानगरमा जिम्मा जमानीमा हिरासतमुक्त भएका थिए। बाँकी अरु पनि शुक्रबारै धरौटी बुझाएर बाहिरिएका छन्। मुद्दा दर्ता भएका ४ कर्मचारी भने हालसम्म फरार छन्। जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायव सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल र रामचन्द्र थापा भने अदालतमा उपस्थित भएका छैनन्। उनीहरुलाई पक्राउ गर्न अदालतबाट आदेश लिई खोजी कार्य जारी राखेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए। आरोपित १४ जनामध्ये बाबु बनेर झुठो विवरणमा सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने तिब्बती शरणार्थीलाई नागरिकता ऐन, २०६३ को दफा २१ (१) बमोजिम ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना माग गरिएको थियो।

Share.

Leave A Reply