play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

स्थानीय निकायमा हुने अनियमितता मान्य नहुने प्रदेशसभा सांसद् कृष्णप्रसाद खनालको भनाइ

0

२०७६, २१ भाद्र शनिबार
चितवन : प्रदेशसभा सांसद् कृष्णप्रसाद खनालले स्थानीय निकायमा हुने ढिलासुस्ती र अनियमितता मान्य नहुने बताएका छन् । रत्ननगर नगरपालिका वडा नं ३ को वडा कार्यालय उद्घाटन कार्यक्रममा उनले स्थानीय तहबाट प्रदान गरिने सेवा चुस्त हुनुपर्ने बताए ।स्थानीय निकाय तथा अन्य सहकारी कार्यालयबाट प्रदान गर्ने सेवा सेवाग्राहीमैत्री हुनुपर्ने भन्दै उनले यसमा जिम्मेवार हुन कर्मचारीलाई आग्रह गरे । सांसद् तथा मन्त्रीहरुले आर्थिक अनियमितता गरेर कानुनको दायरामा आएका समाचारहरु बाहिर आइरहेको भन्दै उनले आर्थिक अनियमितता गर्ने जोकोहीलाई पनि सरकारले कानुनको दायरामा ल्याउने बताए ।कार्यक्रममा प्रदेशसभा सांसद् कञ्चन खनालले तीन तहका सरकारबाट जनताले राम्रो कामको अपेक्षा गरिरहेको भन्दै जिम्मेवार भएर काम गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले रत्ननगरका सबै वडाहरुलाई हिंसामुक्त बनाउनुपर्ने बताइन् ।रत्ननगर नगरपालिका, वडा कार्यालय, जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा वडा कार्यालयको पहिलो तला निर्माण गरिएको वडा सदस्य तथा कार्यपालिका सदस्य मीना गिरीले जानकारी दिइन् । भवन निर्माण उपभोक्ता समितिका सचिव शालिग्राम ढकालले भवन निर्माणको आयव्यय प्रस्तुत गरेका थिए ।वडाध्यक्ष गुप्तनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार अधिकारी, वडा सचिव सुरेन्द्र चौधरीलगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply