play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

बहमासमा बिनास गरेको डोरियन आँधी अमेरिका प्रवेश

0

भदौ २० ।
बहमासमा कम्तिमा २३ जनाको ज्यान लिएको तथा ठूलो मात्रामा भौतिक क्षति गरेको समुद्री आँधी डोरियन अमेरिका पुगेको छ । बहमासमा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । डोरियन आँधीका कारण साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा ठूलो वर्षा भएको छ । हाल क्याटगोरी टू को रहेको आँधी बिस्तारै अमेरिकाको पूर्वी तटीय क्षेत्रबाट उत्तर तर्फ अघि बढिरहेको छ । आँधी प्रवेश गरेको क्षेत्रका हजारौँ घरमा बिजुली आपूर्ति बन्द भएको छ । केही क्षेत्रमा तीव्र गतिमा हावा चल्न सक्ने पूर्वानुमान गरिएको छ । डोरियन अबको केही दिनमा कमजोर बन्दै जाने बताइएको छ । हाल यो आँधीका कारण १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

Share.

Leave A Reply