play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

चितवन मेडिकल कलेजका बिद्यार्थीहरु बढी शुल्कको बिरोधमा आन्दोलनमा(भिडियो फोटो सहित)

0

भदौ १९ गते ।
चिकित्सा शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने भन्दै आन्दोलीत विद्यार्थीहरु माथि प्रशासनले दमन गरेको विद्यार्थीहरुले बताएका छन् । भरतपुरको चितवन मेडिकल कलेजमा विद्यार्थीले चिकित्सा शिक्षा ऐन लागु हुनु पर्ने माग गर्दा प्रसाशनले आफुहरु माथि दमन गरेको चितवन मेडिकल कलेजका विद्यार्थी समेत रहेका विप्लपका छोरा प्रकाश चन्दले बताए ।

विद्यार्थीको भावना विपरीत काम गरेको अवस्थामा चितवन मेडिकल कलेज प्रशासनले शान्तीपुर्ण आन्दोलनमा समेत दमन गरेको बताएका छन् । विद्यार्थीहरुले तत्कालीकन सरकार र गोविन्द केसि संग गरेको सम्झौता कार्यान्वयन गनुपर्ने , चिकित्सा क्षेत्रमा लागेकाहरुको श्रमशोषण गर्ननहुने, सरकारले तोकेकै शुल्कमा पठाई हुनुपर्ने लगायतको माग विद्यार्थीहरुको छ । एमविविएस दोस्रो वर्षमा अध्यनरत विद्यार्थी नसिम अत्तर का अनुसार अहिले कलेजले सरकारले तोकेको भन्दा १० देखि १२ लाख सम्म विद्यार्थी अनुसार बढि शुल्क लिने गरेको उनि बताउछन् । कलेजले विल दिदैन तर सरकारले तोकेको भन्दा बढि रकम लिन्छ त्यसैले विद्यार्थीहरु अहिले आन्दोलनमा उत्रिन बाध्य छौ उनले बताए ।

प्रशासनले तोड्यो ताला, विद्यार्थी माथि लाठि चार्ज
एप्रोन लगाएका चिकित्सकहरु माथि प्रसाशनले प्रहरी लगाएर गरेको हस्तक्षेप गरेको विद्यार्थीले बताएका छन् । आन्दोलनको क्रममा विद्यार्थीहरुलाई प्रशानले प्रहरीसंग मिलेर विद्यार्थीलाई दमन गर्न लगाएको आरोप लगाए । विहिवार मात्रै आन्दोलीत ६ जना विद्यार्थी घाईते भएको विद्यार्थी विद्यार्थी नसिम अत्तर बताउछन् । चितवन मेडिकल कलेजमा अध्यनरत विद्यार्थीले बुधवार प्रशासनमा ताला लगाएका थिए । तर त्यहि राति प्रहरी प्रशासन लगाएर कलेजले आफुहरुलाई जानकारी नगराई उक्त ताला तोडेको बताएका छन् । ताला तोड्एिको विरोधमा विहिवार विद्यार्थीहरुले कलेजमा प्रदशनी समेत गरे ।

त्यसै क्रममा प्रहरीले विजय दास नामका विद्याथीलाई नियन्त्रणमा लिएका थिए । अहिले दासलाई प्रहरीले छाडि सकेको छ । आन्दोलनको क्रममा विद्यार्थीहरुले मेडिकल माफिया मुर्दाबाद, श्रम शोषण बन्द गर, प्रहरी हस्तक्षेप गर्न पाईदैन लगाएतका नारा लगाएका थिए ।

विद्यार्थीले आफुहरुको माग पुरा नभएमा कलेजनै ठप्प पारेर आन्दोलनका थप कार्यक्रम बताएका छन् । विगतमा समेत कलेजमा विद्यार्थीहरुले यस विषयमा आवाज उठाउने गरेको भए पनि प्रशासनले खासै वास्ता नगरेको भन्दै आन्दोलनलाई अझ शसक्त बनाउने बताउछन् ।

Share.

Leave A Reply