play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चितवन मेडिकल कलेजमा विद्यार्थीद्धारा प्रर्दशन

0

भरतपुर, भदौ १९ । चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थीले कलेज प्रशासनमा लगाएको ताला प्रशासनले खोलेपनि विद्यार्थीहरुले आज प्रर्दशन गरेकाछन् ।
हिजो दिउँसो लगाएको ताला साँझ नै प्रशासनले खोलेको हो । तोकिएको भन्दा लाखौं बढी पैसा असुली गरी चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा लुटतन्त्र मच्चाएको भन्दै बिद्यार्थीहरुले मेडिकल कलेज परिसरमा बसेर यतिबेला प्रर्दशन गरिरहेकाछन् । विद्यार्थीलाई न्याय दे , सरकारी शुल्कमा पढ्ने व्यवस्था गर, मेडिकल माफिया मुर्दावाज लगायतका नारा विद्यार्थीहरुले लगाउँदै प्रर्दशन गरेकाहुन् । पुन ताला लगाउन खोपछि यत्तिबेला चितवन मेडिकल कलेज परिसरमा प्रहरीको बाक्लो उपस्थिती रहेको हाम्रा सहकर्मी विवेक पोखरेलले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply