गोरखा, भदौ १९ । उत्तरी गोरखाका धनकमल गुरुङ पूर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन्। धार्चे गाउँपालिका १ केरौंजाका ब्यवसायी धनकमल गुरुङ आफैंले ओडारमा धार्चे ३ उहियाको ओडारमा लुकाएको १६ किलो सुन सहित गत साउन ९ गते पक्राउ परेका थिए।
१६ किलो सुनसहित पक्राउ परेका धनकमललाई राजस्व अनुसन्धान विभागले मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको थियो। राजस्व अनुसन्धान विभागले धनकमलविरुद्ध राजस्व चुहावट, अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता गरेको थियो। उक्त मुद्धासँगै ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवानासमेत माग गरिएको छ। धनकमललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले १६ किलो सुन सहित राजस्व अनुसन्धान विभागमा गएको साउन १० गते नै बुझाएको थियो।
१६ किलो सुन काण्डका धनकमल पुर्पक्षका लागि जेल चलान
0
Share.