धनगढी, भदौ १९ । कैलालीको धनगढीबाट ४ थान पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुको विवरण भने खुलाउन मानेको छैन । पक्राउ परेकाहरु सञ्जय राणा समूहका सदस्य भएको कैलाली प्रहरी स्रोतको भनाइ छ । खबरहबको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीले सञ्जय राणा भनिने सञ्जय रानासहित ३ जना ४ थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ परेको जानकारी दिए। उनीहरुको साथबाट केही गहना पनि बरामद भएको कैलाली प्रहरीका ती अधिकारीले जानकारी दिए । उनीहरु विभिन्न प्रकारका अपराधिक गतिविधिमा संलग्न रहँदै आएका जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार साँझ धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले चटकपुरस्थित घरबाट अवैध गतिविधि सञ्चालन गर्दै आएका थिए । धनगढीको जाइँ घर भएका राना प्रहरी अधिकारीसँग पनि हिमचिम भएका व्यक्ति हुन् । प्रहरी अधिकारीसँगको बलियो सम्बन्धै कारण उनी यसअघि पनि जोगिँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले हतियारसहित केही व्यक्ति पक्राउ गरेको पुष्टि गरेपनि उनीहरुको नाम भने खुलाउन मानेनन् ।
धनगढीमा ‘अपराधिक गिरोह’का ३ जना पक्राउ, ४ थान पेस्तोल फेला
धनगढीमा ‘अपराधिक गिरोह’का ३ जना पक्राउ, ४ थान पेस्तोल फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु