play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

कृषि मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखियो

0

काठमाडौं, भदौ १९ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।
निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।
शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

मन्त्री खनाललाई हिजो ९बुधबार०देखि ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको जनाइएको छ ।

अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगु हाल देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ ।

साउनदेखि यता मात्रै २५ सय ५९ जनामा डेंगु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Share.

Leave A Reply