play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस आज गर्ने तयारी

0

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस आज गरिने भएको छ । ७ पटक गर्नुपर्ने प्लाज्मा फेरेसिस हिजो(बुधबार) गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखेपछि हिजो प्लाज्मा फेरेसिस हुन सकेन ।
श्रोतका अनुसार प्रधानमन्त्री ओली शुक्रवार फर्कने यसअघिको तयारी समेत प्रभावित भएको छ । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए । सातौंपटक प्लाज्मा फेरेसिसस रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने प्रधानमन्त्रीका निजी चिकित्सकले बताउँदै आएका छन् ।

Share.

Leave A Reply