play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

विश्वकप छनोट, नेपालको पहिलो परीक्षा आज

0

काठमाण्डौं, भदौ १९ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ । नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा कुवेतविरुद्ध उसैको घरेलु मैदान जाबेर अल अहमद अन्तर्रा्ष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्दैछ । आइतबार कुवेत पुगेको नेपाली टोलीका लागि विश्वकप छनोटको शुरुवात बलियो टोलीसँग खेल्दै हुनेछ । फिफा बरियतामा कुवेत नेपालभन्दा १० स्थान माथि छ । तर, पनि नेपाली टोलीले कुवेतसँग ‘टफ’ खेल्ने नेपाली टोलीका कप्तान विराज महर्जन बताउँछन् । नियमित कप्तान महर्जन टोलीमा नहुँदा उपकप्तान किरण चेमजोङले विश्वकप छनोटमा टोलीको नेतृत्व गर्नेछन् । कप्तान महर्जनले नेपाली खेलाडीले गएको मार्चमा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकप छनोटमा राम्रो खेल्ने बताएका छन् । महर्जनले नेपालले राम्रो गर्ने बताएपनि कुवेतविरुद्धको नेपालको विगत भने सम्झनालायक छैन । अहिलेसम्म नेपालले कुवेतसँग ६ खेल खेलेको छ । जसमा नेपाल ५ खेलमा नेपाल पराजित हुँदा एक खेल बराबरी खेलेको छ ।

Share.

Leave A Reply