पञ्जाबको पटाका कारखानामा बिस्फोट, कम्तिमा २३ जनाको मृत्यु

0

एजेन्सी, भदौ १९ गते । भारत पञ्जाबको गुरदासपुरको बटालामा रहेको एक पटाका कारखानामा बिस्फोट हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ। बुधबार भएको बिस्फोटका कारण कारखाना रहेको भवन भत्किएको छ । घटनामा अरु केही घाइते भएका छन् । पञ्जाबमा मुख्यमन्त्री अमरिंदर सिंहले घटनाको जाँच गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् । अमृतसर मेडिकल कलेजमा उपचार भइरहेका गम्भीर घाइते सातजनाको उपचारका लागि ५० हजार र अरु घाइतेका लागि २५ हजार प्रदान गर्ने पञ्जाब सरकारले जनाएको छ ।

Share.

Leave A Reply