play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रुपन्देहीमा ४२ जनामा डेंगु देखियो, नियन्त्रणमा चासो दिन सांसदको माग

0

काठमाण्डौं, भदौ १८ । रुपन्देहीमा ४२ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार अस्पतालहरुमा उपचार गराउन आएकामध्ये ४२ जनामा डेंगु देखिएको हो । यो वर्ष साउन २८ गते पहिलो पटक एकजनामा डेंगुको संक्रमण देखिएकोमा करीब २० दिनको अवधिमा ४२ जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उनका अनुसार एक दिनमा ४ जनासम्म संक्रमित थपिने गरेका छन् । जसमा ५ वर्षदेखि ७५ वर्ष उमेरसम्मका व्यक्ति छन् । भदौमा मनसुन सक्रिय भएपछि रुपन्देहीमा डेंगुको संक्रमण देखिएको उनको भनाई छ । विगतका वर्षहरुको तुलनामा संक्रमण नफैलिएपनि लामखुट्टेको संख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मंसिरसम्मको अवधिमा डेंगुको संक्रमण फैलिन सक्ने शाहले बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालमा दिनहुँ डेंगुका बिरामी आइरहेको बताए । पूर्वी तराईमा डेंगु अनियन्त्रित भइरहेको बेला रुपन्देहीमा डेंगु देखिएपनि नियन्त्रणको पूर्वतयारी भने देखिँदैन । रुपन्देहीमा २०६७–०६८ मा पहिलोपटक डेंगुको बिरामी फेला परेका थिए र सोही वर्ष ४ जनाको मृत्यु भएको थियो । त्यसयता ०७३–०७४ मा २ जना र ०७४–७५ मा २ जना गरी ४ जनाको मृत्यु भएको थियो । यो ८ वर्षको अवधिमा रुपन्देहीमा करीब १५ सय जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

Share.

Leave A Reply