play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

राष्ट्रपति सीको सम्भावित नेपाल(यात्राअघि चिनियाँ विदेशमन्त्री वाङ यी आउँदै

0

काठमाण्डौं, भदौ १८ । चिनियाँ राष्ट्रपति सी जिङपिङ पहिलोपल्ट नेपाल आउने अड्कलबाजी भइरहेकै बेला सम्भावित भ्रमणको मितिभन्दा एक महिनाअघि चिनियाँ विदेशमन्त्री बाङ यी नेपाल आउने भएका छन्। बनारसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भनिएको शिखर बैठकका लागि जाने तयारी गरिरहेका राष्ट्रपति सी जिङपिङ त्यहीँबाट करिब नौ घन्टाका लागि काठमाडौँमा आउने अनुमान गरिएको छ। उनको सम्भावित भ्रमणभन्दा एक महिनाअघि त्यसको पूर्वतयारीका रुपमा विदेशमन्त्री वाङ यी नेपाल आउन लागेको बुझिएको छ। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी पाकिस्तान ६ सेप्टेम्बरमा पुग्ने र त्यहाँबाट ८ सेप्टेम्बरमा नेपाल आइपुग्ने बताइएको छ। उनी पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र चीन वार्तामा सहभागी हुनेछन्। नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा हुने भनिएको सीमा सम्बन्धी वार्ताका लागि जाने बताइए पनि यसबारे टुंगो भइनसकेको बुझिएको छ। वाङ यीको नेपाल(पाकिस्तान र सम्भावित भारतयात्राको तालिकाले मोदी र सीबीच अर्को महिना हुने शिखर बैठकमा क्षेत्रीय विषयले प्राथमिकता पाउने अड्कलबाजी गरिएको छ। सन् २०१७ को अन्ततिर डोक्लाम क्षेत्रमाथिको विवादले भारत र चीनबीच नयाँ तनाव उत्पन्न गरेपछि १८ अप्रिलमा चीनको वुआनमा दुई नेताहरु अनौपचारिक शिखर सम्मेलनमा बसी स्थिति सामान्यतर्फ लैजान मद्दत र्पुयाएका थिए। बनारस बैठक त्यसकै निरन्तरता मानिएको छ। राष्ट्रपति सी २०१६ अक्टोबरमा नेपाल आउने तयारीमा थिए तर त्यसबेला चीनको मित्रवत मानिने केपी ओली सरकार नेकपा माओवादीले कांग्रेससँग साँठगाँठ गरेर ढालेपछि परिवर्तित राजनीतिक माहोलमा उनले यात्रा रद्द गरेका थिए। त्यसबेलादेखि चीनले लगातार रुपमा उपयुक्त अवसरमा सी नेपाल भ्रमणमा आउने जानकारी गराउँदै आएको थियो।

Share.

Leave A Reply