play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

सुपुर्दगी विधेयक हङकङकी प्रमुख कार्यकारी लामले फिर्ता लिने

0

एजेन्सी, भदौ १८ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयक फिर्ता लिने भएकी छन् । उनले आज ९बुधबार० दिउँसो सो विधेयक फिर्ता भएको औपचारिक घोषणा गर्ने बताइएको छ ।

हङकङमा गत जुन महिनायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन पछिल्लो समय अधिक लोकतन्त्र, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताका विषयमा केन्द्रित रहँदै आएको छ । प्रदर्शनकारीले लामो समयदेखि लामको राजीनामाको माग समेत गर्दै आएका छन् ।
लामले यसअघि पनि राजीनामा दिने मनस्थिती बनाएको, तर मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुको दबाबका कारण उनले राजीनामा दिन भने नसकेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

हङकङमा जारी प्रदर्शनलाई बेलायतबाट चीनलाई हस्तान्तरण गरियताकै सबैभन्दा व्यापक प्रदर्शनका रुपमा हेरिएको छ ।

हङकङमा जारी प्रदर्शन सन् २०१२ मा चिनियाँ राष्ट्रपति बनेयता सी जिनपिङका लागि सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा लिइएको छ ।

Share.

Leave A Reply