play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनको भाउ बढ्यो, तोलाको ७३ हजार ५ सय रुपैयाँ

0

भदौ,१८ ।
सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेकोे छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ९ गते सुन अहिलेसम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घट्दै गएको सुनको भाउ आज फेरि ९ गतेकै भाउमा पुगेको हो । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले भाउ बढेको महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply