’नादेज्दा कप’ फुटबल खेल्ने १८ सदस्सीय नेपाली महिला टोलीको घोषणा

0

भदौ १८ ।
किर्गीस्तानमा आयोजना हुने ’नादेज्दा कप’ फुटबलका लागि नेपालले राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक हरि खड्काले प्रतियोगिताका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेका हुन् । नेपाली टिम भोली त्यसतर्फ जाने छन् । नादेज्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।

Share.

Leave A Reply