play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, १६ जनाको ज्यानगयो

0

भदौ,१८ ।
अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ । काबुलको आवासीय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य १ सय १७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ । सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए । उनी अफगानिस्तानमा तालिबान लडाकू र अमेरिकाबीच शान्ति सम्झौता हुन लागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आएका थिए । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीकाअनुसार विष्फोटक पदार्थले भरिएको एउटा ट्याक्टर ग्रीन भिलेज नामक अन्तर्रा्ष्ट्रिय संघ, संगठनलगायत विदेशीहरु बस्ने आवासीय भवनहरु पनि रहेको कमाण्डको पर्खालमा विस्फोट गराइएको थियो । यस विस्फोटमा परी १६ सर्वसाधारणको ज्यान जानुका साथै अन्य १ सय १९ जना घाइते भएका रहिमीले पुष्टि गरेका छन् ।

Share.

Leave A Reply