play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

चितवनमा चौथो इक्यान शैक्षिक मेला हुदै

0

चितवन, भदौ, १८ । नेपाल शैक्षिक परामर्श संघ (इकयान) चितवन शाखाले चौथो इक्यान चितवन शैक्षिक मेला २०७६ गर्ने भएको छ । “इच्छा अनुसारको शिक्षा, चाहे देशमा होस या विदेशमा” भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागेको हो । मेला यही भदौ २७ देखि २९ गते सम्म भरतपुर स्थित भरतपुर गार्डेन रिर्सोटमा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । वृहत शैक्षिक मेलामा स्वदेशी तथा विदेशी उच्च शिक्षाबारे आम विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्ष जानकारी पाउन सक्ने नेपाल शैक्षिक परामर्श संघ (इकयान) चितवन शाखाका अध्यक्ष भानुभक्त वाग्लेले जानकारी दिनुभएको छ । उहाँले स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुको ४३ वटा स्टर रहने बताउनुभएको छ । मेला अवधिभर बिभिन्न स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुकाबारेमा सेमिनार चल्नेछन् । उक्त मेलामा स्वदेशी तथा विदेशी प्रतिनिधीहरुसंग प्रत्यक्ष परामर्श लिन सकिने अध्यक्ष वाग्लेले बताउनुभएको छ । मेलामा प्रवेशका लागी निशुल्क व्यवस्था गरिएको छ । मेलाको प्रमुख आकर्षणको रुपमा ठूलो राशि सहितको हाजिरी जवाफ प्रतियोगीता रहेको छ । हाजिरी जवाफ प्रतियोगीतामा कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुले प्रतिश प्रर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः रु १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ रहेको । मेला व्यवस्थापन समितिका संयोजक सुदिप भट्राईले जानकारी दिनुभयो । मेला आयोजन गर्न रु २० लाख खर्च लाग्ने छ भने मेलाबाट रु २५ लाख आम्दानी हुने अनुमान गरीएको मेला व्यवस्थापन समितिका संयोजक भट्राईले बताउनुभएको छ ।

Share.

Leave A Reply