भदौ,१७ ।
तिजको अवसरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको आज शव फेला परेको छ । बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा आज बिहान फेला परेकोे थियो । बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव आज दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको हो प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । कानुनी प्रक्रिया पूरा गरी तीन वटै शव परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
कपिलवस्तुको वेथी नदीमा डुबेर बेपत्ता भएका तीनै जनाको शव फेला
कपिलवस्तुको वेथी नदीमा डुबेर बेपत्ता भएका तीनै जनाको शव फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु