play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

टेष्ट सिरीज भारतद्वारा कब्जा

0

भदौ,१७ ।
पाहुना टोली भारतले विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिज जितेको छ । किङ्सटनमा गए राति दोस्रो तथा अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई २५७ रनले पराजित गर्दै भारतले दुई खेलको सिरिज २–० ले जितेको हो । सबिना पार्कमा भारतले दिएको ४६८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज ५९ ओभर ५ बलमा अलआउट हुँदै २१० रनमा समेटियो । वेष्ट इण्डिजका लागि सम्राह ब्रुक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान जासन होल्डरले ३९ तथा जेर्मानी ब्लाकवुडले ३८ रन बनाए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न मोहमद शामी र रविन्द्र जडेजाले समान ३र३ विकेट लिए । इशान शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ४१६ रनको फराकिलो योगफल तयार गरेको थियो ।

Share.

Leave A Reply