play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार घुससहित पक्राउ

0

बारा, भदौ १७ ।
आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँसहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित हिजो साँझ पक्राउ गरेको हो । लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरी दिने भन्दै लामाले रकम लिएको अख्तियारको टोलीले बताएको छ । अख्तियारका अनुसार लामाले कार्यालय समय सकिएपछि साँझ घुस रकम लिएका थिए । सिमराको एक होटेलमा खाजा खान बसेको समयमा अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो । यसैगरी हिजाृे दिउँसो अख्तियारले मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकमसहित पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कार्यालयमा रहेर सहयोगीको भुमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

Share.

Leave A Reply