play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पर्सामा डेंगुका तीनजना बिरामी फेला

0

वीरगञ्ज,भदौं १६ ।
पर्सामा डेंगुका तीनजना बिरामी फेला परेका छन् । नारायणी अस्पतालमा डेंगु संक्रमित तीनजना बिरामी फेला परेका हुन् । उनीहरुको उपचार भइरहेको फिजिसियन डाक्टर उदय नारायण सिँहले जानकारी दिए । उनका अनुसार निजी अस्पतालमा डेंगुका थप बिरामी पनि हुन सक्ने सम्भावना छ । मौसम परिवर्तनसँगै अहिले नारायणी अस्पतालमा दैनिक ७ सय देखि ८ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

Share.

Leave A Reply