play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

एटिएम ह्याक प्रकरणः विमानस्थलबाट थप एक चिनियाँ नागरिक पक्राउ

0

भदौ,१६ ।
नेपाली बैंकको एटिएम ह्याक गरेर करौडौँ रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन विमानस्थलबाट थप एक जना चिनियाँ नागरिकलाई गए राति पक्राउ गरेको हो । तर घटनामा उनको संलग्नता रहे नरहेको यकिन भइनसकेको महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले बताए । प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई हिजो दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र आज भदौ १६ गते फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Share.

Leave A Reply