चितवन भदौ,१६ ।
भरतपुर महानगरपालिका–१ आँपटारीमा बसको ठक्करबाट एक पैदलयात्रीको मुत्यु भएको छ । ना ६ ख ७६८७ नंको बसले आज बिहान आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।
भरतपुरको आँपटारीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
0
Share.