play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै, प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार

0

भदौ १६ ।
हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै गएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् । सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीहरुमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ । प्रदर्शनकाक्रममा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् । हङकङमा पछिल्लो समय भइरहेको प्रदर्शन स्वतन्त्रता र स्वायतत्ताको मागतर्फ अघि बढिरहेको छ । सरकारले चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा सुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ ।

Share.

Leave A Reply