इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानसंग काग्लियारी २–१ ले पराजित

0

भदौ १६ ।
इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ । गए राती भएको खेलमा इन्टरले काग्लियारीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । काग्लियारीको घरेलु मैदानमा खेलको २७ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा काग्लियारीका जोआ पेड्रोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७२ औं मिनेटमा रोमेरो लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । यो जितसँगै इन्टरले २ खेलबाट ६ अंक जोडेको छ । शीर्ष स्थानको इन्टरको यो लगातार दोस्रो जित हो । यस्तै सिरी ’ए’ मै लाजियो र रोमाले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

Share.

Leave A Reply