भदौ १५ ।
आज सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ । केही दिनयता सुनको मूल्यमा उतारचढाव हुने क्रम जारी छ । शुक्रबार सुन प्रतितोला ७२ हजार ४ सय पुगेको सुनको मूल्य आज पुनः घटेर ७२ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आजको लागि प्रतितोला ७२ हजार रुपैयाँ निर्धारण जनाएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको छ। यसैगरी, चाँदी आज तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेरि घट्यो सुनको मूल्य, तोलाको ७२ हजार
0
Share.