play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

कुवेतसँगको अवे खेलका लागि राष्ट्रिय फुटबल टिम कुवेत प्रस्थान

0

भदौ,१५ ।
फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको अवे खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यसतर्फ प्रस्थान गरेका छन् । कुवेतसँग खेल्ने २३ खेलाडीसहित नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते बिहिबार कुवेतसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा चाइनिज ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । एन्फाले बिहिबार कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित सदस्य तथा कप्तान विराज महर्जन टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै मलेसियन क्लबसँग मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि टिमबाट बाहिरिएका छन् । फरवार्ड भरत खवास नेपाली सेनाको तालिमको कारण टिममा छैनन् । विश्वकप छनोटमा नेपाल समूह ुबीु मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

Share.

Leave A Reply