play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

एसईईमा उत्कृष्ट अंक ल्याउने स्काइराइडरका विद्यार्थी पुरस्कृत

0

भदौ १५, रत्ननगरको स्काइराइडर आवासीय माविबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शनिवार सम्मान तथा पुरस्कृत गरिएको छ । २०७५ सालको एसईई परीक्षणमा चार जिपीए देखि ३ दशमलब ८० जिपीए अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत र अन्य विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यलयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए । परीक्षामा चार जिपीए ल्याउने विश्वास पौडेल र हिमाल रानाभाटलाई जनही नगद ४० हजार सहित पुरस्कृत गरिएको छ । ३ दशमलब ९५ अंक ल्याउने निरिका लामिछाने र सन्दिप काप्रीलाई जनही १५ हजार नगद,३ दशमलब ९० अंक ल्याउने मदन पन्त र सागर भट्टराईलाई जनही ७ हजार,३ दशमलव ८५ जिपीए अंक ल्याउने दिवन मल्ल र कोहिनुर डल्लाकोटीलाई जनही ३ हजार र ३ दशमलब ८० जिपीए अंक ल्याउनेलाई आकृष आचार्य,दिवस घिमिरे र कशिश तिमिल्सेनालाई जनही एक हजार रुपैयाले पुरस्कृत गरिएको अध्यक्ष पुरीले जानकारी दिए ।

कार्यक्रममा इन्जिनियरिङ विषय अध्ययनका लागि पूर्ण छात्राबृत्तीमा नाम निकाल्न सफल आशिष श्रेष्ठलाई समेत सम्मान गरिएको छ । चार जिपीए अंक ल्याउने पौडेल र रानाभाटलाई कक्षा ११ र १२ मा स्काइराइडरले पूर्णछात्राबृत्ती प्रदान गरेको छ । अन्य उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि उनीहरुको क्षमताको आधारमा निश्चित प्रतिशत छात्राबृत्ती प्रदान गरिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिका मेयर नारायण वन,विद्यालयका प्राचार्य मदन पुरीले विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मानपत्रले पुरस्कृत गरेका थिए । सो अबसरमा मेयर वनले शैक्षिक गुणस्तर विकासको लागि स्काइराइडरले महत्वपूर्ण भूमिका खेलेका बताए । कार्यक्रममा रत्ननगर शिक्षा अधिकारी बद्रिनारायण शार्मा,शिक्षा अधिकृत राजेन्द्र बराल,इष्टुका राष्ट्रिय उपाध्यक्ष केशवराज पाठक,प्याब्सन प्रदेश नं ३ का सल्लाहाकार पुष्पराज श्रेष्ठ,संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष सुर्यकान्त न्यौपाने,शिक्षक अभिभावक संघ स्काइराइडरका अध्यक्ष सरोज लामिछाने,विद्यालय व्यवस्थापक समितिका सदस्य हरिविलाश खनाल,सहायक प्राचार्य नारायण श्रेष्ठ,अभिभावक उमाकान्त पौडेल,विद्यार्थी विश्वास पौडेल लगायतले मन्तव्य राखेका थिए । प्राचार्य मदन पुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Share.

Leave A Reply