play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

सिरियामा रुसद्वारा एकतर्फी युद्धविरामको घोषणा

0

भदौ,१४ ।
रुसले उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको छ । सिरियाका बिस्थापित नागरिकहरु सीमा क्षेत्रबाट टर्की प्रवेश गर्न लागेपछि रसियाले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण लाखौं नागरिकमा निम्त्याउने जोखिमविरुद्ध सचेत हुन आग्रहसमेत गरेको छ । यसअघि पनि सरकारी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौ सर्वसाधारण बिस्थापित भइसकेको बताइएको छ । राष्ट्रसंघका अनुसार अप्रिल महिनाको अन्त्यतिरबाट शुरु भएको आक्रमणमा ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं बिस्थापित भइसकेका छन् । सिरियाका लागि रुसी मेलमिलाप केन्द्रले सरकार विरोध लडाकूहरुलाई सशस्त्र आन्दोलन त्यागेर वार्तामा आउन आग्रहसमेत गरेको छ ।

Share.

Leave A Reply