play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

0

भदौ,१४ ।
देशका धेरै ठाउँमा गए रातिदेखि नै मेघगर्जनसहित पानी परिरहेको छ । मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा गए रातिदेखि नै पानी परिरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केहीबेर पानी पर्नेछ । दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो । पानी परेपछि आज चुरेबाट बहने नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपास हिँडडुल गर्दा सतर्क हुन उहाँको सुझाव छ । यस्तै आज सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले बाह्रबिसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला आसपास पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Share.

Leave A Reply