play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पर्साको सखुवा प्रसौनीमा करेन्ट लागेर एक महिलाको मृत्यु

0

वीरगञ्ज, भदौं, १३ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा करेन्ट लागेर आज बिहान एक महिलाको ज्यान गएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ प्रसौनी टोल बस्ने लालबहादुर दासकी श्रीमती रमा देवीको करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरमा रहेको मोटरमा नुहाउने क्रममा करेन्ट लागेर रमा गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा ज्यान गएको अस्पताल प्रहरी बिटले जनाएको छ ।

Share.

Leave A Reply