play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनको मूल्य एक हजारले घट्यो, ७२ हजार ४ सयमा कारोबार

0

भदौं, १३ ।
आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ । हिजो अहिलेसम्मकै बढी प्रतितोला ७३ हजार चार सय पुगेको सुनको मूल्य आज घटेर ७२ हजार चार सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आजको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो । यस्तै तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ । चाँदीको मूल्य पनि हिजोको तुलनामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ मा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply