play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

एसीसी यू १९ क्रिकेटमा नेपालले मरियन्ससँग खेल्दै

0

भदौ १३ ।
एसीसी यू १९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू १९ क्रिकेट टिमले आज तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्ससँग खेल्दैछ । खेल कोलम्बोमा हुने छ । अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको छ । नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो । पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू २३ टिमसँग ३ विकेटले पराजित भएको थियो । एसीसी यू १९ एसिया कप क्रिकेट अघि नेपालले तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

Share.

Leave A Reply