play_circle_outline On Air

देउराली

play_circle_outline On Air

देउराली

जम्मु कश्मीरमा भारतीय सुरक्षाकर्मीको ज्यादति’, सर्वसाधारणलाई कुटपिट

0

भदौ १३ ।
जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ । भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षाकर्मीले टेलिफोनका तारले कुटपिट गरेको र करेन्टसमेत लगाएर याताना दिएको पीडितहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको समाचारमा जनाइएको छ । रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको बीबीसीले उल्लेख गरेको छ । केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ ।

Share.

Leave A Reply