play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

0

भदौ,१३ ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पुर्याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ । कुशे औँसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाइ खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।

Share.

Leave A Reply