play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ

0

यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

गाडी बिक्री गरेवापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत(सातौँ तह)भुवन जोशी र अधिकृत छैटौँ तहका जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले प्रशासनलाई बताए ।

Share.

Leave A Reply