एजेन्सी, भदौ १२ । नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको अन्तिम लिग खेलमा भुटानलाई ५(० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन प्रदिप लम्सालले दुई गोल गरे ।
यस्तै अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।