play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

भरतपुर विमानस्थलको स्तरोन्नति सरकारको प्राथमिकतामा :  भट्टराई

0

चितवन, भदौ १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिको विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले स्तरोन्नतिको काम छिट्टै सुरु गरिने पनि जानकारी दिनुभयो ।
आज बिहान भरतपूर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले पर्यटकीय हिसाबले महत्वपूर्ण विमानस्थलका रुपमा रहेकाले यसलाई पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेटेर विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको पनि सो क्रममा बताउनुभएको छ ।
मन्त्री भट्टराईले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले विमानस्थल सुधार तथा व्यवस्थित बनाउने पैसाको कुनै समस्या नरहेको पनि बताउनुभयो ।
सो क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् । उनले लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको भन्दै यस्लाई चाँडै नै सुधारका लागि कदम चाल्नुपर्नेमा जोड दिनुभएको थियो ।

Share.

Leave A Reply