काठमाडौं, भदौ १२ । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी ९बौद्ध०बाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्ले जानकारी दिए ।
चन्दका अनुसार मुगु घर भएका श्यावा लामाको बोद्धस्थित घरमा राखिएको अवस्थामा रक्तचन्दन फेला परेको हो ।
प्रहरीले बरामद भएको रक्तचन्दनसहित थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई काठमाडौंको हात्तीसारस्थित वन कार्यालयमा पठाएको छ ।