play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भुटानविरुद्ध भिड्दै नेपाल

0

एजेन्सी, भदौ १२ । नेपाली युवा टिम भारतमा जारी पाचौं यु–१५ साफ च्याम्पियनसीप फुटबलमा आज भुटानविरुद्ध प्रतिष्पर्धा गर्दै छ। आज मध्यान्ह हुने खेलमा भुटानलाई हराए नेपालले प्रतियोगिताको फाइनल यात्रा तय गर्ने छ। बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दे फाइनलको सम्भावना कायम राखेको नेपालका लागि बिहिबार भुटानविरुद्धको खेल निर्णायक हुने छ। भारतको कल्याणी रंगशालामा जारी प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको भुटान विरुद्ध निश्चित जितको खोजिमा नेपाल हुने छ। तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपालले फाइनलमा स्थान पक्का गर्ने छ। प्रतियोगितामा जितविहिन रहेको भुटान प्रतियोगिताको सुखद अन्तको लक्ष्यमा रहने छ। तर उसका लागि नेपालाई हराउन भने सहज छैन्। प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४–१ ले पराजित गर्दे फाइनल संभावना कायम राखेको थियो। भारतसँग पहिलो खेलमा ५–० ले हारेपनि नेपाल दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएर खेलमा फर्किएको थियो। अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा कब्जा जमाएको छ भने बंगलादेश ६ अंक जोडेर हेड टु हेडमा नेपालभन्दा पछि रहेर तेस्रो स्थानमा छ। अन्तिम खेलमा बंगलादेशले भारतविरुद्ध बिहिबारनै प्रतिष्पर्धा गर्दै छ।

Share.

Leave A Reply